Logo

देशभर विन्टर सर्भिस क्याम्प आयोजना गर्दै सुजुकी, गाडी मर्मतमा बिशेष छुट

देशभर विन्टर सर्भिस क्याम्प आयोजना गर्दै सुजुकी, गाडी मर्मतमा बिशेष छुट



काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २४ देखि २६ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले यसको नियन्त्रणका लागि कम्पनीले क्याम्प आयोजना गर्न लागेको हो ।

laxmi

सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जानकारी दिएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुको साथै ग्राहकहरुले लक्की ड्रमार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जीत्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ग्राहकले ५० प्रतिशत छुट पाउनेछन्, पाट्र्स र एसेसरिजमा १० प्रतिशत छुट र लेवर चार्जमा पनि २० प्रतिशत छुट दिईने कम्पनीले जानकारी दिएको छ । सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

प्रतिक्रिया दिनुहोस्
MBL