Logo

Global_Ime

नयाँ धितोपत्र दलाल व्यवसायीको आरोप : ‘पुराना कम्पनीले एकाधिकार जमाउन खोजे’

नयाँ धितोपत्र दलाल व्यवसायीको आरोप : ‘पुराना कम्पनीले एकाधिकार जमाउन खोजे’



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आशयपत्र पाएका नयाँ स्टक ब्रोकरहरुले पुराना स्टक ब्रोकरहरुलाई एकाधिकार जमाउन खोजेका आरोप लगाएका छन् । एक विज्ञप्ति जारी गर्र्र्दै नेपाल स्टक ब्रोकर एशोसिएसनले आर्थिक लेनदेनमा नयाँ कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिईएको बताएको थियो । त्यसैलाई आधार मान्दै नयाँ स्टक ब्रोकर एशोसिएसनले पनि आफ्नो एकाधिकार जमाउन ५० स्टक ब्रोकरहरुले कपोकल्पीत आरोप लगाएको बताएका हुन् ।

laxmi bank orange saving
NABIL

४३ नयाँ स्टक ब्रोकर कम्पनीहरुले विज्ञप्तिमार्फत नयाँ स्टक ब्रोकरको लाइसेन्स वितरणमा आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न चुनौतिसमेत दिएको छ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा त्यसउपर कानूनी उपचार पनि खोज्न बाध्य हुने नयाँ स्टक ब्रोकरहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्
Everest
citizens_bank
ntc