Logo

सेयरबजारमा २६ अंकको गिरावट, १८६ कम्पनीको सेयरमूल्य घट्यो

सेयरबजारमा २६ अंकको गिरावट, १८६ कम्पनीको सेयरमूल्य घट्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा २६.८० अंकको पहिरो गएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको परिसुचक अन्तिममा उच्च अंकले घट्दै १९ सय ७५ को विन्दुमा झरेर रोकिएको छ ।

laxmi

आज दिनभर कुल २ सय ६० कम्पनीका ४७ लाख ७२ हजार १ सय ४० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार रुपैयाँ पुगेको छ । आज दिनभर कारोबार भएका कम्पनीमध्ये १ सय ८६ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा २६ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ । बाँकी ६ कम्पनीको सेयरमूल्य भने यथावत रहेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL