Logo

उत्तारचढावसहित दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पौने ४ अर्ब नजिक

उत्तारचढावसहित दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पौने ४ अर्ब नजिक



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिममा १०.३७ अंकले बढ्दै २०९४ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज कारोबार अवधिभर ३ सय ६ कम्पनीका १ करोड ७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ माथि पुगेको छ ।

आईतबार कारोबारमा आएकामध्ये ७० कम्पनीको सेयरमूल्य घट्दा १ सय ७३ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । त्यसमध्ये पनि मध्ये सोलु र माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज ९ समहुको परिसुचक उकालो लाग्दा बैंकिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र म्युचुअल फण्ड समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL