काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूलाई लक्षित गर्दै ‘मधेश लिडरसिपः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सम्बन्धी सेमिनार आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा उक्त सेमिनार सफलतापूर्वक सम्पन्न भएको बताइएको छ ।
सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो छलफल भएको थियो । मधेश केन्द्रित यस कार्यक्रमलाई बैंकले अन्य प्रदेशहरूमा पनि प्रदेश स्तरमा सञ्चालन गर्ने योजना बनाएको छ ।