Logo

सेयर बजारमा सुधार, नौ अंकले बढेको बजारमा कारोबार रकम ४ अर्बमाथि

सेयर बजारमा सुधार, नौ अंकले बढेको बजारमा कारोबार रकम ४ अर्बमाथि



काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा उक्लिएको हो ।

laxmi

यस अघि सोमबार सार्वजनिक बिदा परेको कारण सेयर कारोबार भएको थिएन । कारोबारको पहिलो दिन आइतबार पनि सेयर बजार उकालो लागेको थियो । आइतबार सेयर बजार मापक नेप्से सूचक २२.७५ अंकले बढेको थियो ।

यसैगरी, मंगलबार कारोबार रकम पनि उत्साहजनक देखिएको छ । मंगलबार ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ माथिको सेयर खरिद बिक्री भएको छ । आइतबार पनि ४ अर्ब रुपैयाँभन्दा माथिको नै सेयर कारोबार भएको थियो ।
मंगलबार फाइनान्स उपमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । त्यसबाहेक अन्य उपसमूह र इन्स्योरेन्स समूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक घटेको छ । बाँकी १० उपसमूहको सूचक बढेको छ । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.७९ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको सूचक २.४२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतले बढेको छ ।

मंगलबार नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइएनान्सको सेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, इमर्जीङ नेपाल र उन्नति सहकार्य लघुवित्तको पनि उच्च दरमा बढेको छ । यता विन नेपाल लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने महुली लघुवित्, सबैको लघुवित्त र समता लघुवित्तको सेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरै घटेको छ ।

आज सुर्यज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १६ करोड ५ लाख, हिमालयन रि इन्सयोरेन्सको १५ करोड ४५ लाख र नेपाल फाइनान्सको १५ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL