Logo

ब्याज आम्दानी बढ्दा एनएमबि बैंकको नाफामा उच्च वृद्धि, ३ अर्ब २८ करोड नाफा आर्जन

ब्याज आम्दानी बढ्दा एनएमबि बैंकको नाफामा उच्च वृद्धि, ३ अर्ब २८ करोड नाफा आर्जन



काठमाडौं । एनएमबि बैकले गत आवमा ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ६४.४६ प्रतिशतले बढेर ५ अर्ब ३५ करोड ३ लाख ७ हजार रहेको छ ।

असार मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १०.४० प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा बैंकको लाभांश ऋणात्मक थियो ।

बैंकको खराब कर्जा ३.४० प्रतिशतबाट बढेर ३.७२ प्रतिशत पुगेको छ । १५.१० रुपैयाँ प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ १७६.८१ रुपैयाँ छ । १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्