Logo

साताको अन्तिम दिन नेप्सेमा २६ अंकको पहिरो, कारोबार रकम १ अर्ब ३३ करोड

साताको अन्तिम दिन नेप्सेमा २६ अंकको पहिरो, कारोबार रकम १ अर्ब ३३ करोड



काठमाडौं । साताको पहिलो दिन विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा २६.४८ अंकको पहिरो गएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिममा उच्च अंकले घट्दै १९ सय ६९ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज दिनभर कुल २ सय ५६ कम्पनीका ३६ लाख ५७ हजार १ सय ५४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ ।

आज दिनभरको कारोबारमा १ सय ९४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा १९ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL