Logo

नेप्सेमा २४ अंकको गिरावट, कारोबार रकम १ अर्ब २८ करोडमा सीमित

नेप्सेमा २४ अंकको गिरावट, कारोबार रकम १ अर्ब २८ करोडमा सीमित



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २४.४४ अंकले घट्दै १९ सय ९५ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज दिनभर भएको कारोबारमा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा जम्मा २० कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । आज दिनभर कुल २ सय ५७ कम्पनीका ३७ लाख २९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २८ करोड ८३ लाख ६३ हजार रुपैयाँ पुगेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL