Logo

सेयरबजारमा ३ अंकको गिरावट, ११८ कम्पनीको सेयरमूल्य घट्यो

सेयरबजारमा ३ अंकको गिरावट, ११८ कम्पनीको सेयरमूल्य घट्यो



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा ३.८१ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचक मंगलबार कारोबारेको अन्तिम समयमा सामान्य अंकले घट्दै २०१९ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज दिनभर कुल २ सय ६२ कम्पनीका ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३८ करोड ७८ लाख ३५ हजार रुपैयाँ नाघेको छ । आज दिनभर भएको कारोबारमा ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेसँगै ८८ कम्पनीको सेयरमूल्य बढेको छ भने बाँकी १ सय १८ कम्पनीको सेयरमूल्यमा गिरावट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL