Logo

नेप्सेमा उच्च अंकको उत्तारचढाव, अन्तिममा ४ अंकले बढ्दा साढे २ अर्बको कारोबार

नेप्सेमा उच्च अंकको उत्तारचढाव, अन्तिममा ४ अंकले बढ्दा साढे २ अर्बको कारोबार



काठमाडौं । गत बिहीबार राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि निर्देशिका परिमार्जन गरेसँगै उच्च अंकले घटेको सेयर बजारमा आज उच्च अंकको उत्तारचढाव देखिएको छ । कारोबार समयको सुरुवाति १५ मिनेटमै करिव ५३ अंकले घटेको बजार अन्तिमसमयमा भने झिनो अंकसहित बढेर बन्द भएको छ । सवा ११ बजेदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा ४.५५ अंकले बढ्दै २०२७ को विन्दुमा पुगेर बन्द भएको हो ।

laxmi

बिहीबार लघुवित्त वित्तीय संस्थाका धेरैजसो कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेपनि आज पुनः धेरैजसो लघुवित्त कम्पनीको सेयरमूल्यमै खरिदकर्ताको चाप देखिन्थ्यो । सोही अनुसार आज कारोबार भएकामध्ये १ सय ४६ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने ६२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आज दिनभर कुल २ सय ६२ कम्पनीका ६५ लाख १५ हजार ८ सय ५२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ५२ करोड ५० लाख ७१ हजार रुपैयाँ बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL