Logo

सेयर बजारमा ५७ अंकको पहिरो, ४० लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट

सेयर बजारमा ५७ अंकको पहिरो, ४० लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट



काठमाडौं । बुधबार साँझ मात्रै नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि निर्देशिका परिमार्जन गरेपछि त्यसको असर सेयरबजारमा देखिएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले गरेको १५ प्रतिशतभन्दा बढी लाभांस प्रस्तावमा केहि कडाई गरेको छ । जसका कारण साताको अन्तिम दिन आज सेयर बजारमा ५७.७४ अंकको गिरावट आएको छ ।

laxmi

बिहीबार कारोबार समयको सुरुवातिदेखि ओरालो लाग्न सरु गरेको सेयरबजार अन्तिममा उच्च अंकले घट्दै २ हजार २२ को विन्दुमा पुगेर रोकिएको हो । आज बजारमा कारोबार भएकामध्ये ४० लघुवित्त वित्तीय संस्थाहरुको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

भने यीलगायत २ सय ३ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । बाँकी रहेका १४ कम्पनीको सेयरमूल्य बढ्दा अन्य १ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन नदेखिएको नेप्सेले जानकारी दिएको छ ।

आज दिनभर भएको कारोबारमा २ सय ६० कम्पनीका ६३ लाख २६ हजार १ सय ५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ५२ करोड २७ लाख १३ हजार १ सय ५३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL