Logo

नेप्सेमा ३३ अंकको वृद्धि, कारोबार रकम १ अर्ब ८० करोड माथि

नेप्सेमा ३३ अंकको वृद्धि, कारोबार रकम १ अर्ब ८० करोड माथि



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३३.५७ अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से आज भने दोहोरो अंकले बढ्दै २०८० को विन्दुमा पुगेर रोकिएको छ ।

laxmi

कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको बजारमा आज कुल २ सय ६९ कम्पनीका ४७ लाख ७९ हजार ७ सय ९६ कित्ता सेयर किनबेच भएका छन् । यसमार्फत १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज दिनभरको कारोबारमा १ सय ६५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य ४९ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने बाँकी ३ कम्पनीको सेयरमूल्यमा घटबढ भएन । आज लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट नजिक पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL