Logo

साताको अन्तिम दिन २१ अंकले घट्दै बन्द भयो नेप्से, कारोबार रकम १ अर्ब ६८ करोडमै सिमीत

साताको अन्तिम दिन २१ अंकले घट्दै बन्द भयो नेप्से, कारोबार रकम १ अर्ब ६८ करोडमै सिमीत



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव गरिरहेको बजारमा आज २१.१५ अंकको गिरावट आउँदा नेप्से विन्दु २०७० मा पुगेर बन्द भएको छ ।

laxmi

आज दिनभर २ सय ५६ कम्पनीका ४७ लाख ४७ हजार ५ सय ६७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैइाँ बराबर पुगेको छ । आज कारोबार भएकामध्ये १ सय ९७ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा जम्मा १५ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL