Logo

लगातार ओरालोतर्फ सेयरबजार, खरिदकर्ता नहुँदा कारोबार रकममा गिरावट

लगातार ओरालोतर्फ सेयरबजार, खरिदकर्ता नहुँदा कारोबार रकममा गिरावट



काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक लगातार ओरालो यात्रामा छ । जसअनुसार गएको आईतबारदेखि हालसम्मै पनि बजार ओरालो लागिरहेको छ । आज बुधबार पनि नेप्से परिसुचकमा १३.९० अंकको गिरावट आएर २ हजार ९१ को विन्दुमा पुगेको छ ।

laxmi

आज दिनभर भएको कारोबारमा कुल २ सय ५६ कम्पनीका ४८ लाख १५ हजार १ सय २० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७३ करोड २५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । यस्तै आज कारोबार भएकामध्ये १ सय ७६ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ३७ कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL