Logo

१६ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ७८ करोडमा सिमीत

१६ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ७८ करोडमा सिमीत



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६.४० अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि घटबढ भईरहेको नेप्से अन्तिममा दोहोरो अंघले घट्दै २१ सय ५ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज दिनभर २ सय ५५ कम्पनीका ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँमा सिमित भएको हो ।

आज बजारमा कारोबार भएकामध्ये १ सय ६२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा ४५ कम्पनीको सेयरमूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL