Logo

अब मर्जर प्रक्रियामा सेयर कारोबार रोक्का खारेज, एकिकृत कारोबारपछि मात्रै १५ दिन रोक्का

अब मर्जर प्रक्रियामा सेयर कारोबार रोक्का खारेज, एकिकृत कारोबारपछि मात्रै १५ दिन रोक्का



काठमाडौं । अब मर्जरमा गएका कम्पनीहरुको सेयर कारोबार रोक्का नहुने भएको छ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धि निर्देशिका, २०७९’ मार्फत यस्तो व्यवस्था गरेको हो ।
बोर्डको बुधबार बसेको संचालक समितिको बैठकले उक्त निर्देशिका स्वीकृत गरेको थियो ।

बिहीबारदेखि लागु हुने गरी स्वीकृत गरिएको उक्त निर्देशिकाले नै अब मर्जर प्रक्रियामा गएका कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको हो । निर्देशिकामा आधारभुत बाहेकका सेयर कारोबार कम्पनीको एकिकृत कारोबार भई सेयर मिलान नहुँदासम्म मात्रै रोक्का हुने उल्लेख छ ।

अर्थात, मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीको आधारभुत सेयरधनीको सेयर कारोबार रोक्का रहेपनि सर्वसाधारण सेयरधनीको सेयर कारोबार भने रोक्का हुँदैन । तर, दुवै कम्पनी मर्जरमा गई एकिकृत कारोबार भएपछिको सेयर मिलान नहुँदासम्म अर्थात १५ दिनसम्म भने सेयर कारोबार रोक्का हुने निर्देशिकामा उल्लेख छ ।

[googleapps domain=”drive” dir=”file/d/1DhzopBGU0zsDkW4tTE-te0-Mv3I_C4ri/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL