Logo

६० लाखको कारोबार गर्दै सकियो फ्लोरा एक्स्पो, ५० हजारले गरे अबलोकन

६० लाखको कारोबार गर्दै सकियो फ्लोरा एक्स्पो, ५० हजारले गरे अबलोकन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भृकुटीमण्डमा जारी फ्लोरा एक्स्पो सकिएको छ । बिहिबारबाट शुरु भएको एक्स्पो ६० लाख रुपैयाँ बरावरको कारोवार गर्दै सकिएको आयोजकले जानकारी दिएको छ ।

४ दिनसम्म चलेको उक्त मेला ५० हजारभन्दा बढीले अवलोकन गरेका छन् । मेलामा पुष्पजन्य बोट बिरुवा, कट फ्लावर, फलफूलका बोट बिरुवा, बन्साई आदिको बढी कारोबार भएको थियो ।

गत बर्षको तुलनामा यस पटक मेला अबलोकन कर्ता र कारोबारको रकम बढेको फ्यानका कोषाध्यक्ष शिब बहादुर खड्काले बताए । मेलामा विशेषगरी आल्मोन र बोधीचित्तका बिरुवा प्रमुख रोजाइमा परेका थिए ।

मेलाको अन्तिम दिन विशेष छुट र फूल बिरुवा सस्तो दरमा पाइने भएकाले अबलोकनकर्ता र ग्राहकको उपस्थिती उच्च रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL