काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा टोयोटाले आफ्ना ग्राहकका लागि विशेष अफर ल्याएको छ। टोयोटाका आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ सार्वजनिक गरेको हो।
एक्स्पोमा टोयोटाका लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’ र ‘ल्यान्ड क्रुसर २५०’ प्रदर्शनमा राखिनेछन्। अफरअन्तर्गत एक्स्पो अवधिभर गाडी बुक गर्ने ग्राहकहरूलाई विशेष छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवा लगायतका सुविधाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।
त्यसैगरी, टोयोटाको स्टल अवलोकन गर्न आउने हरेक आगन्तुकलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। कम्पनीका अनुसार अफर साउन २१ देखि २५ गतेसम्म मात्र लागु हुनेछ र यो सुविधा सो अवधिमा गाडी बुक गर्ने ग्राहकहरूका लागि सीमित रहनेछ।