Logo

सर्वोत्तम सिमेन्टको कट अफ प्राइस ५०१ रुपैयाँ निर्धारण, संस्थागत लगानीकर्ताले कतिसम्ममा पाउलान ?

सर्वोत्तम सिमेन्टको कट अफ प्राइस ५०१ रुपैयाँ निर्धारण, संस्थागत लगानीकर्ताले कतिसम्ममा पाउलान ?



काठमाडौं । सर्वोत्तम सिमेन्टले जारी गर्न लागेको सेयरको कट अफ प्राईस तोकिएको छ । बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रतिकित्ता कटअफ प्राईस ५०१ रुपैयाँ निर्धारण भएको हो ।

laxmi

नेपाल स्टक एक्सचेन्जको कार्यालयमा शुक्रबार कम्पनीले मागेको आशय मूल्यको बिड खोलिएको थियो । सोही अनुरुप ५०१ रुपैयाँको कट अफ प्राइस निस्किएको हो ।

सर्वोत्तमको सेयरका लागि ६५ ओटा संस्थागत लगानीकर्ताले आशय मूल्यका लागि आवेदन दिएका थिए । कम्पनीले संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर छुट्टाएको छ । अब कम्पनीले सोही आशय मूल्यको आधारमा सेयर बिक्री मूल्य सहित नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिने छ ।

बुक विल्डिङ विधी अनुसार कम्पनीले कटअफ मुल्यमा २० प्रतिशत थप गरेर आधार मूल्य तय गर्ने छ । यसरी सेयरको आधार मुल्य ६०१ रुपैयाँ २० पैसा हुने छ । साथै कम्पनीले उक्त आधार मुल्यमा समेत थप २० प्रतिशत जोडी प्रतिकित्ता सेयर ७२१ रुपैयाँ ४४ पैसासम्ममा बिक्री गर्न सक्नेछ । तर उक्त सेयर सर्वसाधारण लगानीकर्ताले भने कट अफ प्राईसभन्दा कम मुल्यमा खरिद गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL