Logo

सर्वोत्तम सिमेन्टमा लगातार चौथो पटक सर्किट, कति पुग्यो सेयर मूल्य ?

सर्वोत्तम सिमेन्टमा लगातार चौथो पटक सर्किट, कति पुग्यो सेयर मूल्य ?



काठमाडौं । सर्वोत्तम सिमेन्टको मूल्यमा लगातार चौथै दिन सकारात्मक सर्किट लागेको छ । कम्पनीको दोश्रो बजारमा कारोबार शुरु भएपछि कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

laxmi

सोमबार मात्र कम्पनीको सेयर मूलय ७३ रुपैयाँ ९० पैसाले बढेको छ । आज यस कम्पनीको १९ हजार १ सय ४७ कित्ता सेयर किनबेच भएको छ ।

चैत ६ गते कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा चैत १२ गतेसम्ममा बढेर प्रतिकित्ता ८१३.८० रुपैयाँ पुगिसकेको छ । कम्पनीको सेयर कारोबार ५५६ रुपैयाँमा खुलेको थियो । सर्वोत्तमले नेपालमा पहिलो पटक बुक बिल्डिङ मार्फत आईपीओ जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL