Logo

महसुल नतिर्ने ठूला उद्योगको विद्युत काट्दै प्राधिकरण, लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको लाइन काटियो

महसुल नतिर्ने ठूला उद्योगको विद्युत काट्दै प्राधिकरण, लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको लाइन काटियो



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज थप दुई ठुला उद्योगको विद्युत काटिदिएको छ । विद्युत महसुलको बक्यौता नतिरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको विद्युत काटेको हो ।

laxmi

प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले विद्युत महसुल वापतको ६२ करोड रुपैयाँ तिर्न बाँकी छ भने सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

यसअघि प्राधिकरणले शनिबार महसुल बक्यौता नतिर्ने चार ठूला उद्योगहरु जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको पनि बिजुली काटेको थियो । प्राधिकरणका अनुसार विद्युत महसुल वापत जगदम्बा सिमेन्टले ४ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराहीले १ अर्ब ३६ करोड र अर्घाखाँचीले १ अर्ब ३० करोड तिर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL