Logo

राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, ७९ हजार ४५० जनाले पाए १० कित्ता सेयर

राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, ७९ हजार ४५० जनाले पाए १० कित्ता सेयर



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओमा गोला प्रथामार्फत ७९ हजार ४ सय ५० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार कुल २५ लाख ८५ हजार २ सय ६१ जना लगानीकर्ताले आवेदन दिएकामा २५ लाख ७९ हजार ४ सय २ जनाको आवेदन मात्र योग्य ठहरिएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

राष्ट्र उत्थानले फागुन ४ गते देखि ८ गतेसम्म कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ० दशमलव ५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL