Logo

बिहीबार सेयर बजारमा ५९ अंकको गिरावट, ४ अर्ब २९ करोडको कारोबार

बिहीबार सेयर बजारमा ५९ अंकको गिरावट, ४ अर्ब २९ करोडको कारोबार



काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५९ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातदेखि नै ओरालो लागेको बजार आज ५८ दशमलव ९९ अंकले घट्दा नेप्से बीन्दु २६ सय ६१ अंकमा पुगेर रोकिएको छ ।

laxmi

आज बजारमा कारोबार भएका सबै समुहका परिसुचकहरु ओरालो लाग्दा सबैभन्दा बढि गिरावट जीवन बीमा समुहमा देखिन्छ बिहीबार जीवन बीमा समुहको परिसुचक ४ सय १८ अंकले घट्दा निर्जिवन बीमा समुहको परिसुचक २ सय ४५ अंकले घटेको छ ।
यस्तै आज उत्पादनमुलक, विकास बैंक र लघुवित्त समुहको परिसुचकमा क्रमशः १२९, ११५, १०९ अंकको गिरावट आउँदा वित्त समुहको परिसुचक भने ६९ अंकले घटेको छ ।

बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा बिहीबार ३० अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।
आज दिनभर २ सय २९ कम्पनीका ८४ लाख ९० हजार ६ सय ८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL