Logo

घितोपत्र बोर्डको ४ बर्षे रणनीति सार्वजनिक, प्राथमिकतामा बजार अध्ययनदेखि कर्पोरेट क्षमता विस्तारसम्म (रणनीति सहित)

घितोपत्र बोर्डको ४ बर्षे रणनीति सार्वजनिक, प्राथमिकतामा बजार अध्ययनदेखि कर्पोरेट क्षमता विस्तारसम्म (रणनीति सहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४ बर्षे रणनीति सार्वजनिक गरेको छ । सेयर बजारको विकास र विस्तारका लागि भन्दै बोर्डले बुधबार १ सय पृष्ठ लामो रणनीति सार्वजनिक गरेको हो । उक्त रणनीतिमा नीतिगत सुधारदेखि प्राविधिक पक्षहरु समेटिएका छन् ।

laxmi

बोर्डले सार्वजनिक गरेको रणनीतिको पहिलो बुँदामा सरकारी नीति, योजना र कार्यक्रम परेका छन् । जसअन्तर्गत बजारसँग सम्बन्धीत नीति तथा कार्यक्रम र योजनामा बजारको विकास रणनीति समेटिएको छ । सन २०२१ देखि २०२४ सम्मको रणनीतिमा व्यवस्थित जोखिम व्यवस्थापन, नियामकिय तयारी, कर्पोरेट निरिक्षण र दिगोपन, ब्रोकर र बजारको विकासलगायतका विषयहरु समेटिएका छन् ।

यस्तै बजारको अवस्था र व्यवहार, क्षमता निर्माण, बजार पूर्वाधार तथा प्रविधिबीचको सन्तुलनलगायतका विषयहरु पनि उक्त रणनीतिमा समेटिएको बोर्डले जानकारी दिएको छ ।

[googleapps domain=”drive” dir=”file/d/1hw5SlAG-dq5GEsj_SC6M577lB_2eCOgS/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL