Logo

इन्साइडर ट्रेडिङको आरोपमा अजोड विरुद्ध प्रहरीमा उजुरी दर्ता, होला त कारबाही ?

इन्साइडर ट्रेडिङको आरोपमा अजोड विरुद्ध प्रहरीमा उजुरी दर्ता, होला त कारबाही ?



काठमाडौं । इन्साईडर ट्रेडिङको आरोपमा अजोड इन्स्योरेन्स विरुद्ध उजुरी परेको छ । पछिल्लो समय अडोड व्यवस्थापनले भित्री सुचनाको पहुँचमा अस्वभाविक रुपमा मूल्य वृद्धि गर्दै हाल आएर सोहीआधारमा हकप्रद सेयर बिक्री गरेर इन्साईडर ट्रेडिङ गरेको पुष्टि भएको भन्दै सेयर लगानीकर्ता केशब कोइरालाले मुद्दा दायर गरेका हुन् ।

laxmi

कम्पनी संचालक लगायत उच्च व्यवस्थापनले इन्साईडर ट्रेडिङ गरी वित्तीय अपराध गरेको भन्दै अनुसन्धानको माग गर्दै महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा उजुरी दर्ता गरेका हुन् । कोइरालाले कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलगायत संचाकहरु, प्रमुख कार्यकारी अधिकृत कुमार बहादूर खत्री र कम्पनी सचिव विपि उपाध्याय विरुद्ध वित्तीय अपराधको कसुरमा मुद्दा दायर गरेका हुन् । ‘पछिल्लो समय कम्पनी उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद सेयर जारीको घोषणा गर्नुपूर्व नै आफन्त र नातेदारको नाममा ठूलो परिमाणमा सेयर खरिद गरेर मात्रै उक्त सूचना प्रकाशित गरेको देखिन्छ,’ उक्त निवेदनमा उल्लेख छ, ‘धितोपत्र बजारमा यसरी भित्री सुचनाको आधारमा उक्त कारोबार वित्तीय अपराध भएको र यसमा संलग्न सबैलाई नियन्त्रणमा लिई कारबाही गर्न अनुरोध छ ।’

पछिल्लो समय खुलेआम सेयर बजारमा इन्साईडर ट्रेडिङ भइरहेपनि नियामक निकायले छानविनको दायरामा नल्याउँदा साना तथा सोझा लगानीकर्ता फस्ने क्रम बढेको छ । तर पछिल्लो समय लगानीकर्ता सजक भएर उजुरी गर्न थालेपछि सो विषयमा सम्बद्ध निकायले छानविन गर्न वा त्यतिकै छाड्छ त्यो भने हेनै बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL