Logo

केटीएमको बाइक ‘२५० एड्भेन्चर’को बुकिङ खुला, कति पर्छ मूल्य ?

केटीएमको बाइक ‘२५० एड्भेन्चर’को बुकिङ खुला, कति पर्छ मूल्य ?



काठमाडौं । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा ‘२५० एड्भेञ्चर’को बिक्री सुरु गरेको छ ।

laxmi

२५० एडभेन्चर यसअघि नै नेपालीमा उपलब्ध ३९० एडभेन्चरको सस्तो भर्सन हो । बिहीबारबाट बिक्री सुरु भएपनि कम्पनीले केही दिनअघि नै बुकिङ खुल्ला गरेको थियो । डिजाइनमा ३९० एड्भेन्चर जस्तै भएपनि यसमा पावर भने केही कम रहेको छ ।

२५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड बिएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ९ हजार आरपीएममा २९.५ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्ने कम्पनीले जनाएको छ । यसमा स्लिपर क्लच र फ्युल इन्जेक्सन जस्ता अत्यधुनिक प्रविधिसमेत रहेको छ । ६ स्पीडको गियरबक्स जडान गरिएको यस मोटरसाइकलले १४० किलोमिटर प्रतिघण्टाको रफ्तार लिन सक्छ ।

२५० एड्भेञ्चरमा अगाडि ४३ एमएम डब्ल्यूपी एपेक्स इन्भर्टेड सस्पेन्सन र पछाडि मोनोसक रहेको छ । यसमा राम्रो ब्रेकका लागि ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क रहेको कम्पनीले जनाएको छ । १७७ किलोग्राम कुल तौल रहेको यस मोटरसाइकलको सिट हाइट भने ८५५ एमएम रहेको छ । जसले गर्दा होचो राइडरलाई भने असहज हुन सक्छ । कम्पनीले २५० एडभेन्चरको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस्
MBL