Logo

काठमाडौं महानगरको नीति कार्यक्रम : घरजग्गा बहाल कम्पनीमार्फत, सार्वजनिक यातायातलाई पनि एउटै कम्पनीमा ल्याईने

काठमाडौं महानगरको नीति कार्यक्रम : घरजग्गा बहाल कम्पनीमार्फत, सार्वजनिक यातायातलाई पनि एउटै कम्पनीमा ल्याईने



काठमाडौं । अब काठमाडौ महानगरपालिकाभित्र घर र जग्गा भाडासम्बन्धी काम कम्पनीमार्फत मात्रै हुने भएको छ। काठमाडौंका नवनियुक्त मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रम नगरसभा बैठकमा प्रश्तुत गर्दै उक्त व्यवस्था गरिने बताएका हुन् ।

पछिल्लो समय घरजग्गा बहालमा बढ्दै गएका अपारदर्शी प्रणालीलाई खारेज गरी व्यवस्थित गर्न उक्त नियमको व्यवस्था गरिएको बताईएको छ ।

यस्तै नीति तथा कार्यक्रममार्फत बालेनले काठमाडौं महानगरभित्र चल्ने सार्वजनिक सवारीसाधनलाईसमेत एकै कम्पनीमुनि ल्याई संचालन गर्ने व्यवस्थ गर्न लागेको बताएका छन् ।

उनका अनुसार अब काठमाडौं महानगरभित्र संचालन हुने सबै सार्वजनिक यातायातहरु एउटै कम्पनीमार्फत संचालन हुनेछन् । यस्तै कामपाको नीति तथा कार्यक्रममा काठमाडौं बासीलाई स्वास्थ्य बीमाको प्रिमियममा ५० प्रतिशत छुट्, ज्येष्ठ नागरिकको घरघरमा गई स्वास्थ्य जाँचलगायतका बिषयहरु पनि समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL