Logo

भारतमा एकै ठाउँमा भेटियो २ हजार ९ सय टन, सुन निकाल्न टेण्डर प्रक्रिया चल्दै

भारतमा एकै ठाउँमा भेटियो २ हजार ९ सय टन, सुन निकाल्न टेण्डर प्रक्रिया चल्दै



काठमाडौं । भारतस्थित उत्तर प्रदेशको सोनभद्र जिल्लामा २ हजार ९ सय टन बढी सुन रहेको अनुमान गरिएको छ । प्रदेश सरकारले अनुसन्धान गर्दै उक्त स्थानमा सो परिमाणमा सुन रहेको पत्ता लगाएपछि त्यसलाई निकाल्ने प्रक्रिया शुरु भएको छ ।

laxmi

प्रदेश सरकारका अनुसार उक्त सुन निकालेर प्रशोधन गर्नका लागि चाँडै टेण्डर आह्वान गरिने भएको हो । भारतको भुगर्भ अनुसन्धान केन्द्र (जीएसआई)का अनुसार सोनभद्र जिल्लाको हर्दी क्षेत्रस्थित सोना पहाडीमा २ हजार ९ सय ४४ टन सुन रहेको अनुमान गरिएको हो । उक्त केन्द्रका केही अनुसन्धानकर्ताले हालै सो क्षेत्रमा सुन रहेको प्रतिवेदन सार्वजनिक गरेका हुन ।

उक्त सुनको उत्खनन गर्नका लागि भने केन्द्रिय सरकारदेखि बन विभागसँग समेत समन्वय गर्नुपर्ने केन्द्रको भनाई छ । भारतको भूगर्भ तथा खानी विभागले सोनभद्र जिल्लाको अन्य स्थानमा पनि सुन रहेको अनुमानका आधारमा अनुसंधान गरिरहेको छ ।

हालसम्म भारतमा ७ सय टन भन्दा कम सुनको भण्डार रहेको अनुमान गरिएको थियो । तर सोनभद्र जिल्लामा मात्रै अनुमानको ५ गुणा बढी मात्रामा सुन रहेको पत्ता लगाईएको हो । जीएसआईका महानिर्देशक सोमनाथ चण्डालका अनुसार उत्तर प्रदेशको विन्ध्या तथा बुण्डेलखण्डमा धेरै मात्रामा सुन, हिरा तथा बहुमूल्य धातु रहेको छ ।

‘हाम्रो भौगोलिक अध्ययनका अनुसार उत्तर प्रदेशमा धेरै मात्रामा सुन छ भन्न सकिने आधार छ,’ उनले भने, ‘उक्त क्षेत्रमा अझै गहिरो अनुसन्धान गर्ने हो भने तामा, हिरालगायतका बहुमूल्य धातुहरु पनि पाईनेछन ।’

प्रतिक्रिया दिनुहोस्
MBL