Logo

अजोड इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, अजोड र र नेप्सेबीच सम्झौता

अजोड इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, अजोड र र नेप्सेबीच सम्झौता



काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकरण भएको छ । अजोड र र नेप्सेबीच कम्पनीको एक करोड कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको हो ।

laxmi

कम्पनीले सर्वसाधारणसमक्ष एनआईबीएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण सेयर खुला बिक्री आह्वान गरेको थियो ।

यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख र कम्पनीका संस्थापकले लगानी गरेको ७० लाख कित्ता सेयरसमेत गरी जम्मा एक करोड कित्ता सेयर वितरण भई नेप्सेमा सूचीकरण भएको छ ।

सेयर सूचीकरण सम्झौतापत्रमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL