काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा शोधनान्तर स्थितीमा केही गिरावट आउँदै ३ खर्ब ४६ अर्बले बचतमा रहेको छ । घट्दो आयात तथा वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने रेमिटान्समा आएको उच्च सुधारसँगै देशको शोधनान्तर स्थितीमा सुधार आएपनि चैतमा भने याे केहि ओरालाे लागेकाे हाे ।
यसैगरी समीक्षा अवधिमा चालु खाता समेत २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा वैदेशिक लगानीमा समेत उच्च सुधार आएको छ । गत वर्षको सोही अबधिमा कुल वैदेशिक लगानी २५ प्रतिशतले बढ्दै ८ अर्ब ९६ करोड रुपैयाँ (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ६ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।