Logo

१ सयभन्दा माथीका भारु कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन, एकिकृत परिपत्रमै संसोधन

१ सयभन्दा माथीका भारु कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन, एकिकृत परिपत्रमै संसोधन



काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ भन्दा माथिका भारतीय नोटहरु कारोबार नगर्न परिपत्र जारी गरेको छ । केही समय भारतीय रिजर्भ बैंकसँग ठूला नोट चलाउन दिनका लागि पत्राचार गरेको राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र, २०७५ लाई संशोधन गर्दै २ सय, ५ सय, १ हजार र २ हजार रुपैयाँको नोट संचालमा रोक लगाएको हो ।

‘नोभेम्बर ९, २०१६ मा भारतीय रिजर्ब बैंकले चलनचल्तीमा रहेका ५ सय र १ हजार दरका भारुमा प्रतिबन्ध लगाएकाले कारोबार गर्न पाईनेछैन,’ राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाल भारतमा चलनचल्तीमा रहेका २ सय, ५ सय र २ हजार दरका भारुलाई पनि नेपालमा कारोबार गर्न तथा ओसारपसार गर्न रोक लगाईएका्े छ ।’

तर एकसय रुपैयाँभन्दा तलका नोट भने प्रचलित व्यवस्था अनुसार चलाउन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL