Logo

बैशाखको लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, दुई बैंकको बढ्दा पाँचको स्थिर

बैशाखको लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, दुई बैंकको बढ्दा पाँचको स्थिर



काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले बैशाखको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन । जसमध्ये १३ वाणिज्य बैंकले मुद्धति निक्षेपको ब्याजदर घटाएका हुन । बाँकी पाँच बैंकले गत चैत महिनाकै ब्याजदरलाई बैशाखमा पनि निरन्तरता दिने भएका छन भने, दुई बैंकले बैशाख महिनाको लागि चैत महिनाको भन्दा ब्याजदर बढाएका छन ।

laxmi

बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा ब्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ०.१८ प्रतिशत विन्दुले घटेको छ । चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७‍.२५ प्रतिशत रहेकोमा बैशाख महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ ।

वैशाखको लागि कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर स्थिर राखेका छन् । यसैगरी, यस महिनाको लागि एभरेस्ट बैंक र एनएमबीले ब्याज बढाएक हुन । बाँकी नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी, सानिमा, एसबीआई, सिटिजन्स र एनआईसी एसियाले ब्याजदर घटाएका छन् ।

बैंकको ब्याजदर सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL