Logo

जीवन बीमा कम्पनीले ८ महिनामा आर्जन गरे साढे ९८ अर्ब बीमा शुल्क, कसले कति कमाए ?

जीवन बीमा कम्पनीले ८ महिनामा आर्जन गरे साढे ९८ अर्ब बीमा शुल्क, कसले कति कमाए ?



काठमाडौं । पछिल्लो ८ महिनामा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले साढे ९८ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म १४ जीवन बीमा कम्पनीले १ करोड ३७ लाख ८० हजार सक्रिय बीमालेखमार्फत ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

laxmi

प्राधिकरणका अनुसार पछिल्लो ८ महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको हालसम्म २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । यस्तै एलआइसी नेपाल यस अवधिमा ११ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन आर्जन गर्न सफल गरेको छ ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

यस्तै यसै अवधिमा ११ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरी हिमालयन लाइफ चौथो धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी बनेको छ ।

यस अवधिसम्म सूर्यज्योति लाइफले ५ अर्ब ७० करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब २३ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब १५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेका छन् ।

यस्तै सिटिजन लाइफले ३ अर्ब ७२ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ८२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३६ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गर्न सफल भएका छन् ।

यसैगरी यी कम्पनीहरुले फागुन महिनामा मात्रै ११ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क ४ लाख १५ हजार बीमालेख वितरण गरी आर्जन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL