Logo

साढे ६ अर्बमा विक्री भयो एनसेलको ८० प्रतिशत सेयर, प्राधिकरणले पाएन पत्तो

साढे ६ अर्बमा विक्री भयो एनसेलको ८० प्रतिशत सेयर, प्राधिकरणले पाएन पत्तो



काठमाडौं । नेपालको दूरसंचार कम्पनी एनसेलमा रहेको ८० प्रतिशत सेयर साढे ६ अर्ब रुपैयाँमा विक्री भएको छ । प्रमुख लगानीकर्ता मलेसियन कम्पनी अजियाटा बर्हाड समुहले एनसेलकै नेपाली साझेदारलाई उक्त मूल्यमा आफ्नो सबै सेयर विक्री गरेको हो ।

laxmi

शुक्रबार अजियाटाले एक विज्ञप्ति जारी गर्दै बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई उक्त सेयर विक्री गरेको बताएको हो ।
अजियाटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ ।

यसरी देशबाहिरै एनसेलको सेयर खरिदविक्री हुँदा नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले भने पत्तो नै पाएन । प्राधिकरणले शुक्रबार मात्रै अजियाटालाई सेयर विक्री बारे विस्तृत जानकारी उपलब्ध गराउन भन्दै पत्र काटेको थियो । दूरसंचार नियमावलीले नै व्यवस्था गरेअनुरुप कुनै दूरसंचार कम्पनीले आफ्नो हिस्साको सेयर विक्री गर्न वा खरिद गर्न लागेको अवस्थामा त्यसका लागि प्राधिकरणबाट स्वीकृति लिनुपर्छ । तर, अजियाटाले प्राधिकरणलाई पत्तै नदिई देशबाहिरै सेयर विक्री सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL