Logo

Global_Ime

सबै सहकारीलाई ३० दिन भित्र बिवरण पेश गर्न काठमाडौं महानगरको निर्देशन, विवरण नबुझाए दर्ता खारेज गर्ने चेतावनी

सबै सहकारीलाई ३० दिन भित्र बिवरण पेश गर्न काठमाडौं महानगरको निर्देशन, विवरण नबुझाए दर्ता खारेज गर्ने चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

Laxmi_sunrise
KBL

महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर बालेन शाहले सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् ।

पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमिताको खबर सार्बजनिक भईरहेको बेला महानगरले सो सुचना जारी गरेको हो ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC