Logo

बालेनलाई कानुन सिकाउँदै प्राधिकरण, शहरका अव्यवस्थित तार हटाए कारवाही

बालेनलाई कानुन सिकाउँदै प्राधिकरण, शहरका अव्यवस्थित तार हटाए कारवाही



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई अव्यवस्थित तार हटाए कारबाही हुने बताएको छ । केहिदिन अघि विभिन्न निकायहरुको आदेशका वावजुद पनि महानगरपालिका भित्रका अव्यवस्थित तार हटाउने घोषणा गरेका बालेनलाई प्राधिकरणले कानुनतः यस्तो गर्न नपाईने बताएको हो ।

laxmi

केहिदिन अघि बालेनले काठमाडौंका विभिन्न स्थानमा इन्टरनेट र टेलिभिजन सेवाप्रदायकले अव्यवस्थित रुपमा तारहरु टांगिदिनाले शहर नै कुरुप बनेको बताएका थिए । यसअघि महानगरपालिकाले नै यस्ता तारहरु आफै हटाउने बताएपछि अदालत, विभिन्न मन्त्रालयलेसमेत यसो गर्न नहुनेगरी महानगरपालिकाई आदेश दिएका थिए ।

तर, बालेनले आफ्नो फेसबुक स्ट्याटसमार्फत विभिन्न निकायहरुको आदेशको अवज्ञा गर्दै महानगरपालिकाको अधिकारको प्रयोग गरेर तार हटाउने संकेत गरेपछि यता प्राधिकरणले पनि महानगरपालिकालाई रोक्न खोजेको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै दूरसंचार पूर्वाधारमा क्षति पुर्याए दण्डनीय हुने बताएको हो । प्राधिकरणले हाल शहरका अव्यवस्थित तार व्यवस्थापनका लागि युटिलिटी करिडोरको व्यवस्था गर्ने, दूरसंचार पूर्वाधार नियमावली बनाउने र विभिन्न स्थानमा तार बन्डलि गर्ने काम भईरहेकाले केहि धैर्य गर्न संकेत गरेको हो । प्राधिकरणले जारी गरेको सूचनामा दशकौंदेखि टांगिएको तारहरुलाई छोटो समयमै व्यवस्थापन गर्न समस्या हुने भएकाले दिर्घकालिन समस्याको समाधान खोजीरहेको पनि उल्लेख छ ।

पछिल्लो समय इन्टरनेट सेवाप्रदायकहरुले आफुखुसी नेपाल टेलिकम र विद्युत प्राधिकरणका पोलहरुमा आफ्ना केबल तानिदिनाले शहरको स्वरुप नै खल्बलिएको छ । यसैका कारण बेलाबेलामा नेपाल विद्युत प्राधिकरणले पनि आफ्नो कदम चाल्ने गरेको छ । तर, हरेकपल्ट अत्यावश्यक सेवा भन्दै इन्टरनेट सेवाप्रदायकहरु पन्छिने गरेका छन् । नेपालको कानुनमै अत्यावश्यक सेवामा रोकटोक पुर्याउन नपाईने बुँदाको फाईदा इन्टरनेट सेवाप्रदायकले लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL