Logo

एफएनसिसीआइको साधारणसभामा प्रधानमन्त्रीको सम्बोधन-अर्थतन्त्रको अवस्था शंकाबाट सुधारतर्फ उन्मुख छ

एफएनसिसीआइको साधारणसभामा प्रधानमन्त्रीको सम्बोधन-अर्थतन्त्रको अवस्था शंकाबाट सुधारतर्फ उन्मुख छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको अवस्था अहिले शंकाबाट सुधारतर्फ उन्मुख रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआइे )को ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको बहुआयामिक गरिबी १७।४ प्रतिशतमा झरेको बताए । सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएको भन्दै बुहआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको बताएका हुन् ।

laxmi

उनले भने, ‘सरकारको प्रयासबाट सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएका छन् । बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ ।’ प्रधानमन्त्री प्रचण्डले नेपाल सन् २०३० सम्म दिगोविकास लक्ष्य हासिल गर्ने र २०२६ मा अल्पविकसित देशबाट स्तरोन्नति हुने दिशातर्फ गइरहेको बताएका छन् ।

यसका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी वृद्धि गर्नुपर्ने र लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यक रहेको उनले बताए । प्रधानमन्त्रीले शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको बताए । आधारभूत तहमा भर्नादर ९५ प्रतिशत पुगेको उनको भनाइ छ । आधारभूत खानेपानी सुविधा ९५ प्रतिशत जनासंख्याको पहुँचमा पुगेको भन्दै प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै शतप्रतिशत जनताको घरमा विद्युत पुर्‍याउने रणनीति तयार भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गरेदेखि नै अर्थतन्त्र सुधारका लागि ध्यान दिएको बताएका छन् । ‘हामी अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा छौं, प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रका धेरै सुझाव संकलन गरिएको छ’ दाहालले भने ‘अहिलेका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको छ । अब सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुनेछ ।’ तरलता, राजस्व र रेमिट्यान्समा सुधार ल्याउन सरकारले प्रयास गरेको दाहालले बताए । ब्याजदर कम गर्नेबारे, राजस्व संकलन बढाउनेबारे सरकारका निकायहरुसँग घनिभूत छलफलमा रहेको उनको भनाइ छ ।

विगतका तीन महिनामा अर्थतन्त्रका केही सूचकहरुमा सुधार आएको दाहालले बताए । ‘अहिले रेमिट्यान्समा सुधार आएको छ, विदेशी मुद्राको सञ्चिति सन्तोषजनक मात्रै होइन, विस्तारै उत्साहजनक अवस्थामा पुगेको छ,’ उनले भने । अर्थतन्त्र संकटमै जाने हो कि भन्ने शंका विगतमा देखिएको तर अहिले शंकाबाट सुधारतर्फ जाँदै गरेको दाहालले टिप्पणी गरे । निजी क्षेत्रले अर्थतन्त्रमा खेल्दै आएको भूमिका प्रति पनि उनले प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL