Logo

साताको पहिलो दिन नेप्सेमा ३० अंकको पहिरो, कारोबार रकम १ अर्ब ३९ करोडमा सीमित

साताको पहिलो दिन नेप्सेमा ३० अंकको पहिरो, कारोबार रकम १ अर्ब ३९ करोडमा सीमित



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३०.७७ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा उच्च अंकले घट्दै १९ सय ३८ को विन्दुमा झरेर रोकिएको हो ।

laxmi

आज दिनभर २ सय ५९ कम्पनीका ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३९ करोड २३ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ ।

आज कारोबार भएकामध्ये १९६ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १८ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज १ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अर्काे एक कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL