Logo

सबैतिर बढयो महंगी, सेवा क्षेत्रको महंगी उच्च हुँदा यातायात क्षेत्रको मूल्यवृद्धि १६ प्रतिशत माथि

सबैतिर बढयो महंगी, सेवा क्षेत्रको महंगी उच्च हुँदा यातायात क्षेत्रको मूल्यवृद्धि १६ प्रतिशत माथि



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा अन्यको तुलनामा सेवा क्षेत्रको मूल्यवृद्धिदर उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामा सेवा क्षेत्रमध्ये यातायात क्षेत्रको मूल्यवृद्धि मात्रै १६.४३ प्रतिशत पुगेको हो । यस्तै यस अवधिमा सेवा क्षेत्र अन्तर्गतकै स्वास्थ्य सेवाको मूल्यवृद्धिदर ११.२२ प्रतिशत र मनोरञ्जन, विविध र घरायसी सेवाको मूल्यवृद्धिदर ८ प्रतिशत पुगेको छ । यसरी चालु आवको पहिलो ६ महिनामा समग्र गैर खाद्यतर्फको मूल्यवृद्धिदर ८.५७ प्रतिशत पुगेको छ ।

laxmi

यता खाद्य तथा पेयपदार्थ समुह अन्तर्गत रेष्टुरेन्ट तथा होटल समुहको मूल्यवृद्धिदर पछिल्ले ६ महिनामा १५ प्रतिशत माथि पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसा पुस महिनामा सुर्तीजन्य पदार्थको मूल्यवृद्धिदर ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

यसरी चालु आवको पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL