Logo

नेपाललाई पत्याउन छाडे विदेशी लगानीकर्ताले, ४ महिनामा खुद विदेशी लगानी ४३ करोड मात्रै भित्रियो

नेपाललाई पत्याउन छाडे विदेशी लगानीकर्ताले, ४ महिनामा खुद विदेशी लगानी ४३ करोड मात्रै भित्रियो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा ४३ करोड रुपैयाँ बराबरको खुद विदेशी लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्तिक मसान्तसम्म नेपालमा विदेशी लगानीकर्ताले ४२ करोड ९१ लाख ५० हजार रुपैयाँ खुद लगानी भित्र्याएका हुन् ।

laxmi

यो गत आर्थिक बर्षको यही अवधिको तुलनामा करिव ६ अर्ब २० करोड रुपैयाँले कम हो । गत आर्थिक बर्षको यहि अवधिमा नेपालमा ६ अर्ब ६२ करोड रुपैयाँ बराबरको खुद वैदेशिक लगानी भित्रिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो ४ महिनामा विभिन्न विदेशी उद्योगीहरुले नेपालमा लगानी गर्नका लागि भन्दै २ अर्ब २३ करोड ६५ लाख रुपैयाँ बराबर भित्र्याएका थिए । तर, सोही अवधिमा केहि विदेशी उद्योगहरुले १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ लगानी फिर्ता गरेका छन् । नेपालमा भित्रिएको लगानीबाट विदेशी लगानीकर्ताहरुले फिर्ता गरेको लगानी घटाउँदा खुद विदेशी लगानी आउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL