Logo

अब विदेशमा बस्ने नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा, रेमिट्यान्स खातामा ५० हजार जम्मा भएको हुनुपर्ने

अब विदेशमा बस्ने नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा, रेमिट्यान्स खातामा ५० हजार जम्मा भएको हुनुपर्ने



काठमाडौं । अब कुनै कम्पनीले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्दा १० प्रतिशत आरक्षण विदेशमा भएका नेपालीलाई छुट्याउनुपर्नेछ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका (छैँठौं संशोधन)मा यसको व्यवस्था गरिदिएको हो ।

laxmi

चालु आर्थिक बर्षको बजेट भाषणमा समेटिएको ‘श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएका नेपालीलाई पनि संगठित संस्थाले आईपीओ जारी गर्दा १० प्रतिशत आरक्षण छुट्याउनुपर्ने’ बुँदालाई बोर्डले आजदेखि लागु गरेको हो ।

विदेशमा रहेका नेपाली श्रमिकहरुले आइपीओमा आवेदन दिँदा नेपालमा रहेका बैंकको रेमिट्यान्स खाताबाट सेयरको रकम भुक्तानी गर्नुपर्नेछ । यस्तै आइपीओमा आवेदन दिनका लागि श्रमिकले नेपालमा रहेको आफ्नो विप्रेषण खातामा पछिल्लो ६ महिनामा ५० हजार रुपैयाँ जम्मा गरेको हुनुपर्ने शर्त राखिएको छ ।

यस्तै नेपाली श्रमिकले नेपालमा हितग्राही खाता खोल्न चाहेमा अनलाइन भेरिफिकेसनका आधारमा हितग्राही नम्बर दिन सकिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई धितोपत्र बार्डले निर्देश गरेको छ ।

[googleapps domain=”drive” dir=”file/d/1HwvW9FhFp5XwpLRneOA4NW-CmRoSUfuQ/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL