Logo

इन्टरनेटको मुल्य बढ्दै, आईस्पानले गर्याे प्रतिग्राहक १५० देखि ३०० रुपैयाँले मूल्य बढाउने निर्णय

इन्टरनेटको मुल्य बढ्दै, आईस्पानले गर्याे प्रतिग्राहक १५० देखि ३०० रुपैयाँले मूल्य बढाउने निर्णय



काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदान गरिरहेका सेवाप्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका छन् । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) को बुधबार बसेको बैठकले लामो समयदेखि फाईबर र पोलको भाडा बढेको भन्दै इन्टरनेटको मूल्य पनि बढाउने निर्णय गरेको हो ।

laxmi

संघले ग्रामिण भेगमा प्रतिग्राहक ३ सय र शहरी भेगमा प्रतिग्राहक १ सय ५० रुपैयाँका दरले इन्टरनेट सेवाको मूल्य बढाउने निर्णय गरेको अध्यष सुधिर पराजुलीले बताए । उनका अनुसार संघले गरेको निर्णयका आधारमा सबै सेवाप्रदायकका पत्रहरु शुक्रबारसम्म नेपाल दूरसंचार प्राधिकरणमा पठाईने छ ।

संघले गरेको शुल्क बढाउने निर्णय प्राधिकरणको स्विकृतिपश्चात मात्रै लागु हुनेछ । हाल नेपाल विद्युत प्राधिकरणले ओपीजी फाईबरको भाडा प्रतिकिलोमिटर ३२ हजार रुपैयाँ तोकेको छ ।

प्राधिकरणले पछिल्लो ३ बर्षदेखि लगातार बढाउँदै आएको पोल भाडाले हालको मूल्यलाई धान्न नसक्ने भएकाले ग्राहकबाट पैसा उठाएर भाडा तिर्न लागिएको संघका अध्यक्ष पराजुली बताउँछन् । उनका अनुसार इन्टरनेट कम्पनीहरुले ग्राहकलाई हालकै मूल्यमा दिएको इन्टरनेटको पैसाले विद्युत प्राधिकरणले तोको पोल भाडा तिर्न सकिँदैन । सोही अनुसार प्राधिकरणको पोलभाडा अनुसार नै ग्रामिण भेगमा ३ सय र शहरी भेगमा १५० का दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL