Logo

देउवा सरकारले गठन गर्यो राष्ट्रिय भूमि आयोग, अध्यक्षमा निरौला नियुक्त

देउवा सरकारले गठन गर्यो राष्ट्रिय भूमि आयोग, अध्यक्षमा निरौला नियुक्त



काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठन गरेको छ । यस अघि तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकाले गठन गरेको सुकुम्बासी आयोग खारेज गरेको देउवा सरकारले सुकुम्बासी समस्या समाधानका लागि पुनः नयाँ आयोग गठन गरेको हो हो ।

laxmi

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको हो । सो आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरिएको छ । नवययिुक्त निरौला र खड्काले बुधबारै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् । आयोगका नवनियुक्त अध्यक्ष निरौला नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य हुन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL