Logo

बाल मन्दिर जग्गा प्रकरणमा प्रकाशमानको दिदी र संघाई सहित १७ जना विरुद्ध मुद्दा दायर (सूचीसहित)

बाल मन्दिर जग्गा प्रकरणमा प्रकाशमानको दिदी र संघाई सहित १७ जना विरुद्ध मुद्दा दायर (सूचीसहित)



काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । लामो समयदेखि छानविनमा रहेको काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा दर्ता गराएको हो । महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेसँगै सरकारी वकिलको कार्यालयले रिता सिंह वैद्यसहित १७ जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।
उनीहरुलाई मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा उनीहरुलाई प्रतिवादी बनाइएको छ । उक्त महलअनुसार ७ वर्ष कैददेखि ७० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुने व्यवस्था छ ।

मुद्दा दर्ता भएका १७ जनाको सूची

१) रिता सिंह
२) तुलसी नारायण श्रेष्ठ
३) गणेशभक्त श्रेष्ठ
४) कृष्ण शंकर साह
५) श्याम कुमार आले
६) सुवास कुमार पोखरेल
७) प्रचण्ड राज प्रधान
८) राम काजी गुरुङ
९) योगेन्द्र बहादुर शाही
१०) दीपक दास श्रेष्ठ
११) प्रविण राज जोशी
१२) मुरारी निधि तिवारी
१३) पुरुषोत्तम राज जोशी
१४) श्रद्धा संघाई
१५) अभिनव सिंघानिया (भारतीय नागरिक)
१६) सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७) कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)

प्रतिक्रिया दिनुहोस्