Logo

मेरो सेयरको सफ्टवेयर स्तरोन्नती गरिँदै, अपग्रेडिङ अन्तिम चरणमा

मेरो सेयरको सफ्टवेयर स्तरोन्नती गरिँदै, अपग्रेडिङ अन्तिम चरणमा



काठमाडौं । अब मेरो सेयरको वेबसाईट केही परिवर्तन भएर आउने भएको छ । सिडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले प्रयोगकर्तालाई केहि दिनमा थप सहज अनुभुति हुनेगरी मेरोसेयरको वेबसाईट अपग्रेड भईरहेको बताएको हो ।

सीडीएससीले आईतबार एक सूचना जारी गर्दै ‘मेरो सेयर’ सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको बताएको हो । अपग्रेड भएपछि अब ‘मेरो सेयर’ मा पहिलेजस्तो प्राविधिक समस्या नआउनेसमेत सीडीएससीको दाबी छ ।

केहिदिन अघि सीडीएससीका प्रमुख कार्यकारी पुर्ण प्रसाद आचार्यले यसको अपग्रेड भईरहेको बताएका थिए । उनले अबको एक हप्तामा मेरोसेयरको सफ्टवेयरमा कुनै समस्या नदेखिनेसमेत दावी गरेका थिए ।

meroupdate

प्रतिक्रिया दिनुहोस्
MBL