Logo

नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी (सूचना)

नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी (सूचना)



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ कर्मचारी माग गरेको छ । आज (शुक्रबार) सूचना प्रकाशन गर्दै प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

laxmi

प्राधिकरणले प्राविधिकतर्फ दशौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १÷१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त माग गरेको हो । यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन माग गरेको छ ।

प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ । इच्छुक तथा योग्य नेपाली नागरिकहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने जनाइएको छ । दरखास्त शुल्क विभिन्न पदअनुसार फरक फरक निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL