Logo

अब सीए पढ्न नयाँ पाठ्यक्रम, डिसेम्बर १ देखि लागू हुँदै

अब सीए पढ्न नयाँ पाठ्यक्रम, डिसेम्बर १ देखि लागू हुँदै



काठमाडौं । नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षालाई थप सान्दर्भिक र अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन नयाँ पाठ्यक्रम लागू गरिने भएको छ। लेखा व्यवसायको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट्स इन इंग्ल्याण्ड एन्ड वेल्स (आईसीएईडब्ल्यू) सँगको प्राविधिक सहयोगमा यो पाठ्यक्रम विकास गरेको हो।

आइक्यानका अनुसार, प्राविधिक ज्ञानमा आधारित यो पाठ्यक्रम सीए शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ देखि लागू हुनेछ। यो पाठ्यक्रम इन्टरनेशनल फेडेरेसन अफ अकाउन्ट्स (आईएफएसी) को अन्तरराष्ट्रिय शिक्षा मापदण्ड (आईईएस) मा आधारित छ।

नयाँ पाठ्यक्रममा लेखा क्षेत्रका महत्त्वपूर्ण विषयहरू जस्तै संहिता, दिगोपना, प्रविधि, र सार्वजनिक वित्त व्यवस्थापनलाई प्रत्येक विषयको सान्दर्भिकता अनुसार समावेश गरिएको छ। यो पाठ्यक्रमले दक्ष र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी लेखाव्यवसायी उत्पादन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ, जसले आइक्यानका सदस्यहरूको विश्वव्यापी पहिचान र क्षमता अभिवृद्धि गर्नेछ।

प्रतिक्रिया दिनुहोस्