Logo

महंगी र भ्रष्टाचार विरुद्ध एमालेको जनप्रदर्शन, महासंघका हजारौं व्यवसायी सडकमा उत्रिए

महंगी र भ्रष्टाचार विरुद्ध एमालेको जनप्रदर्शन, महासंघका हजारौं व्यवसायी सडकमा उत्रिए



काठमाडौं । भ्रष्टाचार र महंगीविरुद्ध एमालेले राजधानीमा गरेको विरोध प्रदर्शनमा हजारौं उद्योगी व्यवसायी सहभागी भएका छन् । सरकार पछिल्लो समय भ्रष्टाचारमा लिप्त हुँदा देशमा व्यवसाय गर्ने वातावरण नै नभएको र जनताहरु मारमा परेको भन्दै नेपाल उद्योग तथा व्यवसायी महासंघ आवद्ध हजारौं उद्योगी व्यवसायीहरु सडकमा उत्रिएर विरोध जनाएका थिए ।

महंगी र भ्रष्टाचार विरुद्ध महासंघ केन्द्रिय कार्यालयमा उपस्थित भएर हजारौं उद्योगी व्यवसायीहरु वसन्तपुर पुगेर विरोध जनाएका थिए । पछिल्लो समय सरकारले सिमिति व्यवसायीलाई मात्रै पोस्ने गरी करका दरहरु परिवर्तन गर्नुका साथै सोही अनुरुप महंगी बढाएर जनतालाई मारमा पारेपछि बाध्यतावस आन्दोलमा उत्रनुपरेको महासंघका अध्यक्ष एवं संघीय संसद माननीय एलपी सावाँ लिम्बुले वताए । ‘पछिल्लो समय सकारले जुनखालका गतिविधि गर्दै आएको छ यसले देशमा व्यवसायीक वातावरण विग्रनुका साथै जनतालाई दुई छाक टार्न कठिन भैरहेको छ,’ उनले भने, ‘व्यवसायीको हकहित र जनतालाई महंगीबाट बचाउनका लागि पनि हामीले जनप्रदर्शन गर्नु परेको हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता जनता सडकमा आउनुपरेको बताए । ‘हाम्रो नेतृत्वको सरकार हुँदा ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि पुगिसकेको छ जसका कारण जनताको जीवनस्तर कष्टकर बनेको छ,’ उनले भने, ‘एमाले नेतृत्वको सरकार ढालेर गठबन्धन सरकारले जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको छ ।’ साथै यदि यहिँ सरकार रहिरहने हो भने नेपाल श्रीलंका बन्ने खतरा रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL