Logo

अपेक्षित मूल्यवृद्धि सर्वेक्षण : उपभोक्ताले महशुस गरे १४ प्रतिशतको मूल्यवृद्धि

अपेक्षित मूल्यवृद्धि सर्वेक्षण : उपभोक्ताले महशुस गरे १४ प्रतिशतको मूल्यवृद्धि



काठमाडौं । नेपाली उपभोक्ताहरुल नेपालमा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुगेको महशुस गरेका छन् । नेपाल राष्ट्र बैंकले अपेक्षित मुद्रास्फिति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै उपभोक्ताले उच्च मूल्यवृद्धिको महशुस गरेको जानकारी दिएको हो ।

laxmi

राष्ट्र बैंकले सोमबार उक्त प्रतिवेदन सार्वजनिक गर्दै उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेको बताएको छ । प्रतिवेदन अनुसार व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन् ।

राष्ट्र बैंकले २०७९ असार २० देखि असार २७ सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्तामार्फत उक्त सर्वेक्षण सम्पन्न गरेको थियो । जसमा १ हजार १ सय ४१ शहरी व्यक्तिहरूको प्रतिक्रिया समेटिएको छ ।

प्रतिक्रिया दिने व्यक्तिहरुमध्ये ९४.७ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL